राजनीतिक लडाई सकिएकाले संबिधान कार्यन्वयन गर्नुपर्छ–सांसद खतिवडा

मनहरी । संबिधान दिवसका अवसरमा आज मकवानपुरको मनहरीमा ¥याली निकालीएको छ । मनहरी गाउँपालिकाको आयोजनामा संबिधान दिवसका अवसरमा ¥याली निकालीएको हो । ¥याली पछी संबिधान तथा राष्ट्रिय दिवस, समिक्षा र पुरस्कार बितरण कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाले अव राजनीतिक लडाई नभएकाले संबिधानलाई कार्यन्वयन गर्नुपर्ने वताउनुभयो ।
जनताद्वारा निर्मित संबिधान भएकाले यसलाई सबै मिलेर संस्थागत गर्नुपर्ने वताउनुभयो । अहिलेको संबिधानले सबैका अधिकार दिएको सांसद खतिवडाले वताउनुभयो । सबैका लागि संबिधानले ढोका खोलेको वताउँदै उहाँले भन्नुभयो–‘संबिधानमा केही थप्न पनि सकिन्छ । संबिधान कार्यान्वयनका लागि सबै एक हुनुपर्छ । असहमती भित्र पनि सहमती खोजेर काम गर्नपर्छ ।’ अव संघर्ष गर्नुपर्ने कुनै कारण नरहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सभाका सदस्य मुनु सिग्देलले संबिधान कार्यान्वयन गर्ने जिमेवारी सबैको रहेको वताउनुभयो । नेपाली जनताले देखेको सपना पुरा गर्न सबै लाग्नका लागि उहाँले सुझाव दिनुभयो ।
दुईजना संबिधान सभाका सदस्य सम्मानित
संबिधान दिवसको कार्यक्रममा संबिधान लेख्ने दुईजना मकवानपुरका संबिधानसभाका सदस्यहरुलाई मनहरी गाउँपालिकाले सम्मानित गरेको छ । संबिधान सभाका सदस्य राजाराम स्याङतान र गोबिन्दराम चेपाङलाई दोसल्लाह ओढाएर सम्मानित गरिएको हो । अहिलेको यो परिस्कृत संबिधान लेखेको भन्दै उहाँहरुलाई सम्मान गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
यसैगरी आज गाउँपालिकाले खेलाडी, पत्रकार, कार्यालयका कर्मचारी, एसईईमा उत्कृत पालिका भित्रको बिद्यालय, बिद्यार्थी, उत्कृष्ट काम गर्ने उपभोक्ता समिति, कार्यालयका कर्मचारी, कराते खेलाडी लगाएतलाई सम्मान गरिएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मनहरीका अध्यक्ष रामप्रसाद कालाखेति, नेपाली काग्रेशका प्रतिनिधि नवराज सुवेदी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।