आईपीएल क्रिकेटको दोस्रो क्यालिफायरमा पुग्न राजस्थान र बेंगलुरु खेल्दै

जनपत्र
९ जेष्ठ २०८१, बुधबार १२:५६

काठमाण्डौ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्न आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् ।

इलिमिनेटरको यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो खेलको विजेता टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा सनराईजर्स हैदराबादसँग खेल्नेछ ।

हिजो भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ८ विकेटले पराजित भएकाे थियाे । कोलकाता फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*