इजरायल र हामासबीच फेरि वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

जनपत्र
९ जेष्ठ २०८१, बुधबार ०६:५९

इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै  सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा राष्ट्रसङ्घका राजदुत  टोर वेन्नेसल्यान्डले आग्रह गर्नुभएको चिनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ ।

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बीनै टुङ्गिएको थियो । गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबीचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको खबरमा उल्लेख छ ।

राजदुत वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रसङ्घको पूर्णसमर्थन रहेको बताउँदै इजरायल र हमासबीचको युद्धविराम सम्झौता कार्यान्वयनलाई आफूले समर्थन गर्ने बताउनुभयो । मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धअभ्यास तीव्र भएपछि रफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*