‘पूजार सार्की’लाई उच्च शोज, आक्रामक व्यापार गर्ने प्रक्षेपण

जनपत्र
८ जेष्ठ २०८१, मंगलवार ०६:१५

स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’ यही बिहीबार (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउँदैछ । एकातिर स्टार (कास्ट र निर्देशक) र अर्कोतिर ट्रेलरले बढाएको हाइपका कारण फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यसैबीच, सोमबारबाट फिल्मको अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा उत्साहजनक शोज प्राप्त गरेको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा कूल ५८ शोज (काठमाडौं उपत्यकामा २७ शोज र मोफसलमा ३१ शोज) बाँडेको छ । दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले कूल १२ शोज उपलब्ध गराएको छ भने वान् सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी ९ शोज दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*