‘१०’ खड्गो भोगका अनमालेलाई ‘१०’ कै संयोग !

जनपत्र
७ जेष्ठ २०८१, सोमबार ०५:५९

नेपाली चलचित्र क्षेत्रमा ‘एक नायक–नायिकाको लाइमलाइट अवधि’ एक दशक मात्रै हो भन्ने गरिन्छ । पछिल्लो समय मजबुत ‘फ्यान फलोइङ’ भएका स्टार नायक अनमोल केसीको हकमा यो भनाइ मिल्दो देखियो ।

सन् २०१३ मा नायकका रूपमा ‘होस्टेल’बाट डेब्यू गरेका अनमोल करिअरको ग्राफ उकालो मात्रै थियो । डेढ लाख पारिश्रमिक लिएर फिल्ममा छिरेका उनले ५० लाख रुपैयाँसम्म लिन लागे । ‘स्टारडम’कै कारण एक फिल्ममा उनलाई आधा करोड दिन निर्माताहरू तयार भएका हुन् ।

उनले ७० को दशकमा उत्कर्षमा रहेको स्टारडमको स्वाद चाख्न पाए । तर चलचित्र क्षेत्रमा प्रवेश गरेको ठीक १० वर्ष पुगेपछि ‘छड्के–२’ मा उनले पहिलोपटक असफलताको स्वाद चाख्नुपर्‍यो । १० को खड्गोको शिकार उनी भए ।

खड्गो किन ? जवाफ स्पष्ट छ । सन् २०२३ मार्चमा प्रदर्शनमा आएको उनको नवौं फिल्म सुपरफ्लप भयो । यो फिल्मले अनमोललाई दिएको पारिश्रमिक समेत उठाउन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*