को बन्ला ‘युट्युब किङ’ : मिस्टर बिस्टले दिए टी–सिरिजका सीईओलाई बक्सिङको चुनौती

जनपत्र
६ जेष्ठ २०८१, आईतवार ११:२९

काठमाडौं । एकातिर भारतीय म्युजिक लेबल कम्पनी टी-सिरिज र अर्कोतिर- मिस्टर बिस्ट । यी दुई विश्वमा सर्वाधिक पछ्याइने युट्युबर एकाउन्ट हुन् ।

टी-सिरिजलाई युट्युबमा २६ करोड ५० लाख जनाले पछ्याएका छन् । मिस्टर बिस्टलाई २५ करोड ८३ लाखले पछ्याएका छन् । यी दुईबीच ६६ लाख ७९ हजार सब्सक्राइबरको भिन्नता छ ।

युट्युब स्टार मिस्टर बिस्टले शुक्रबार बिहान गरेको ट्वीटले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ । उनले फलोअर्सको भिन्नताको फोटो पोस्ट गर्दै टी-सिरिजका कार्यकारी अधिकृतलाई बक्सिङको निम्तो दिएका छन् ।

उनले लेखेका छन्, ‘मैले बक्सिङ म्याचका लागि टी-सिरिजका सीईओलाई चुनौती दिन चाहन्छु ।’ मिस्टर बिस्टको यस्तो ट्वीटपछि प्रशस्तै प्रतिक्रिया प्राप्त भएका छन् । कतिपयले यी दुईबीचको बक्सिङ प्रतिस्पर्धा रोचक हुने उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*