गाजा : पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी

जनपत्र
५ जेष्ठ २०८१, शनिबार १६:०८

गाजामा चलिरहेको भीषण लडाइँका बिच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ । सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ ।

इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।

जबलियामा ठुलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबिच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।

उही समयमा, गाजाको अर्को छेउमा, रफाह सहरमा लडाई जारी छ। इजरायलले यहाँ हमासका कैयौँ अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमान्डरलाई मारेको दाबी गरेको छ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*