सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने

जनपत्र
२ जेष्ठ २०८१, बुधबार १७:२५

कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ुसिनेमाघर एपुमा  रिलिज भएको छ। मङ्गलवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ।

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड-१९ को महामारीले हलहरू बन्द भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो। सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो। सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एप मार्फत सजिलै हेर्न सकिने छ।

निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ। सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*