यी हुन् सर्वाधिक आर्थिक स्थायित्व भएका विश्वका १० देश

जनपत्र
२ जेष्ठ २०८१, बुधबार १६:२२

आर्थिक स्थायित्व कुनै पनि देशको समृद्धि तथा कल्याणलाई निर्धारण गर्ने निकै महत्वपूर्ण तत्व हो ।

विश्वमा उत्कृष्ट वित्तीय प्रणाली, दिगो आर्थिक वृद्धि तथा उच्च गुणस्तरको जीवनयापनसँगै आर्थिक स्थायित्व भएका शीर्ष १० देशको सूची यस्तो छ :

१. स्विट्जरल्याण्ड : कुल गार्हस्थ उत्पादन तीन खर्ब ९५ अर्ब डलर रहेको स्विट्जरल्याण्ड विश्वको सबैभन्दा धेरै आर्थिक स्थायित्व भएको देश हो ।

सशक्त बैंकिङ क्षेत्र, न्यून बेरोजगारी दर र नागरिकको उच्च गुणस्तरीय जीवनका कारण स्विट्जरल्याण्ड विश्वकै समृद्ध मुलुक मात्र होइन आर्थिक स्थायित्वको दृष्टिले पनि सबैभन्दा अगाडि रहेको मुलुक हो।

२. संयुक्त अरब इमिरेट्स :  विश्वमा सर्वाधिक आर्थिक स्थायित्व भएका मुलुकको दोस्रो स्थानमा रहेको यूएईको कुल गार्हस्थ उत्पादन ५७९ अर्ब डलर छ । व्यवसायमैत्री वातावरण, पर्यटक उद्योगको प्रवर्द्धन तथा विशाल भौतिक पूर्वाधारले यूएईलाई आर्थिक रुपमा समृद्ध बनाएको छ।

३. क्यानडा : अत्यधिक प्राकृतिक सौन्दर्य तथा स्रोतसाधनले भरिपूर्ण क्यानडाको कुल गार्हस्थ उत्पादन २.१४ ट्रिलियन डलर रहेको छ । उच्च दक्ष जनशक्ति तथा स्थायित्वयुक्त राजनीतिक प्रणालीले युक्त क्यानडाले वातावरणीय दिगोपना र नवप्रवर्तनशीलता जोड दिँदै आएको छ भने नागरिकको उच्च गुणस्तरीय जीवनयापन सुनिश्चित गरेको छ।

16 stunning places to visit in Germany - Lonely Planet

४. जर्मनी : कुल ४.०७ ट्रिलियन डलर जिडिपी रहेको जर्मनी विश्वका सर्वाधिक आर्थिक स्थायित्व भएका मुलुकको सूचीमा चौथो स्थानमा छ । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र पनि हो ।औद्योगिक पावरहाउसको रुपमा रहेको जर्मनीमा अत्याधुनिक पूर्वाधार तथा दक्ष श्रमशक्तिको उपलब्धताले आर्थिक समृद्धिमा योगदान पुर्‍याएको छ ।

५. जापान :  अत्याधुनिक प्रविधि क्षेत्र, कुशल पूर्वाधार तथा सशक्त औद्योगिक आधारका कारण जापान विश्वकै ठूलो अर्थतन्त्र मात्र होइन आर्थिक स्थायित्व भएको मुलुकको सूचीमा पनि रहँदै आएको छ । कुल गार्हस्थ उत्पादन २.४३ ट्रिलियन डलर रहेको जापान यो सूचीमा पाँचौँ स्थानमा रहेको छ।

६. स्विडेन : प्रगतिशील सामाजिक नीतिहरु, नवप्रवर्तनशीलतामूखी अर्थतन्त्र तथा उच्च गुणस्तरीय जिवनका लागि स्विडेन विश्वमा परिचित छ । मजबुत रुपमा अनुसन्धान र विकासमा ध्यान केन्द्रित गरेको स्विडेनले आधुनिक र समावेशी अर्थतन्त्रको नमूना पेस गरेको छ। यो मुलुकको कुल गार्हस्थ उत्पादन ५८६ अर्ब डलर छ ।

७. अष्ट्रेलिया : प्रचुर प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेको अष्ट्रेलियाले उसको राजनीतिक प्रणालीको स्थायित्व र उच्च दक्ष जनशक्तिका कारण आफ्नो आर्थिक समृद्धिलाई डगमगाउन दिएको छैन । विश्वकै आर्थिक रुपमा स्थायित्व भएको मुलुकको सूचीमा सातौं स्थानमा रहेको अष्ट्रेलियाको कूल गार्हस्थ उत्पादन भने १.६८ ट्रिलियन डलर छ।

20 Must-Visit Attractions in the Hague, the Netherlands

८. नेदरल्याण्ड्स : यो मुलुक विश्वव्यापी व्यापार तथा वित्तको हब नै हो । ९९१ बिलियन डलर कूल गार्हस्थ उत्पादन रहेको नेदरल्याण्ड्समा उद्यमशीलता, नवप्रवर्तनशीलताको बलियो परम्परा हुनुका साथै अन्तर्राष्ट्रिय सहकार्य पनि निकै नै उदाहरणीय हुने गरेको छ ।

९. नर्वे : तेल तथा ग्याससँगै प्रचुर प्राकृतिक स्रोतसाधनले भरिएको नर्वेमा न्यून बेरोजगारी दर, उच्च ज्यालादर र निकै मनकारी सामाजिक कल्याण प्रणाली रहेका कारण यहाँको अर्थतन्त्रमा सदैव स्थायित्व रहँदै आएको छ । नर्वेको कूल गार्हस्थ उत्पादन ५७९ अर्ब डलर रहेको छ।

१०. डेनमार्क : कुल गार्हस्थ उत्पादन ३९६ अर्ब डलर रहेको डेनमार्क कल्याणकारी राज्यका रुपमा रहेको छ । त्यहाँको प्रतिस्पर्धी व्यवसायिक वातावरण र उच्च गुणस्तरीय पूर्वाधारका कारण डेनमार्क विश्वमा आर्थिक स्थायित्व भएका शीर्ष १० देशको सूचीमा अटाउन सफल भएको छ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*