मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका सम्बन्धमा भ्रम र यथार्थ

मकवानपुर जिल्लाको स्वास्थ्य सेवाको दयनीय अवस्थालाई उकास्ने र उच्च स्तरीय अध्ययन अनुसन्धान तथा चिकित्सा शिक्षा सञ्चालन गर्नेगरी तत्कालिन बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन तथा संचालनको उद्देश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ तर्जुमा गर्यो । प्रदेश सभाबाट पारित भै मिति २०७६ असोज २ गते प्रदेश राजपत्रमा प्रकाशित उक्त ऐनको दफा १५ को उपदफा (२) को कानूनी व्यवस्थाअनुसार प्रतिष्ठानमा हेटौंडा अस्पताल हस्तान्तरण भइसकेको छ । उक्त अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्नुअघिसम्म अत्यन्तै नाजुक, कमजोर, सेवा प्रदानगर्न नसक्ने अवस्थामा रहेको थियो ।
हामीले प्रतिनिधिको रुपमा जिम्मेवारी लिइरहेको समयमा स्थानीय नागरिकको गुनासाहरु धेरै सुन्यौ ति गुनासाहरुको अध्ययनगर्दा मुख्यगरी दुईवटा समस्या रहेको देखियो । एउटा मेडिकल कलेजस्तरको संस्था संचालनमा ल्याउनुपर्ने, दोश्रो हेटौंडा अस्पताललार्ई रिफर सेन्टरमा मात्र राखी आÏनो स्वार्थ पुरा गर्ने विचौलियाहरुको अन्त्यगर्नु पर्ने, यी दुबै कुरालाई मनन्गरी जनतलाई प्रभावकारी स्वास्थ्य सेवा उलब्ध गराउने संस्थाको गठन संचालन गर्नु अपरिहार्य ठानी राज्यपुन संरचना पछिको पहिलो प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न अनिवार्य भएको महसुस गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन तथा संचालन गरेको हो । प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल संचालन तथा व्यवस्थापन) नियमावली, २०७७ को नियम ३ को व्यवस्थाले प्रतिष्ठान कै रजिष्ट्रार अध्यक्ष रहने भनेअनुसार कार्य भइरहेको र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले नै अस्पताल संचालनगरी सेवाप्रदान गरिरहेको तथ्य सम्पूर्णलाई जानकारी भएको विषय हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पताल सञ्चालन गरे पश्चात अस्पतालको सुविधामा भएका उल्लेख्य प्रगतिहरु
(१) गुणस्तरीय ओपिडि सेवा, आपतकालिन सेवा, जेष्ठ नागरिक विशेष सेवा, डायलासीस, स्त्री, प्रजनन रोग तथा प्रसुती सम्बन्धी स्तरीय सेवा, सघन उपचार सेवा(आइसियु, एचडियु), लगायतका सेवाहरु, अत्याधुनिक उपकरणबाट ल्याव संचालन, एमआरआइ, सिटीस्क्यान लगायतका सम्पूर्ण सेवा, ५ सय बेडलाई पुग्नेगरी अक्सिजन प्लान्ट रहेको, ३५ जना विषेशज्ञसहित ८७ जना चिकित्सक गरी कूल २५० स्वास्थ्कर्मी तथा कर्मचारीले दैनिक सेवा दिइरहेको अवस्था छ । हाल अस्पतालमा दैनिक १५ वटा सानाठूला शल्यक्रिया(अप्रेसन) भइरहेको अवस्था छ ।
(२) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आउनुअघि १०० वटा बेड रहेको अस्पतालमा हाल ३०० वटा वेड संचालन भइरहेको छ । प्रतिष्ठानले निकट भविष्यमै ५०० वेडकोे सुविधा सु–सम्पन्न अस्पतालको रुपमा विकास गर्न तिव्र गतिमा काम गरिरहेको अवस्था छ ।
(३) आमनागरिकको अस्पतालप्रतिको भरोसा र विश्वासमा बृद्धि भएको छ । अस्पतालमा हाल दैनिक औषध १२०० सेवाग्राहीहरुले सेवा लिइरहेको अवस्था छ । अस्पतालको विश्वसनीयता बढेसँगै अप्रेसन सेवाको लागि महिनौसम्म प्रतिक्षा सूचीमा रही सेवा लिईरहेको अवस्था देखिन्छ ।
(४) संघीय सरकारबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विनियोजन भएको १ अर्व रुपैंया प्रतिष्ठानले प्राप्तगरी अस्पताल स्तररोन्नती, अत्याधुनिक भवन निर्माण, उपकरण खरिद तथा सेवा विस्तारका लागि बजेट खर्चगरी अस्पतालको स्वरुप परिवर्तन भै हाल भौतिक तथा प्राविधिक रुपमा अस्पताल सुविधा सम्पन्नहुंदै गएको, सवैले आभाष गरेको तथ्य सर्व विदितै छ ।
(५) अस्पतालले नेपाल सरकारले तोकेको निःशुल्क प्राप्त गर्ने ओषधी तथा स्वास्थ्य सेवा एवं स्वास्थ्य बिमामार्फत प्राप्तगर्ने सुविधा निर्वाध रुपमा प्रदान गरिरहेको अवस्था छ । नेपाल सरकारको नियमभन्दा बढीशुल्क उठाईएको अवस्था छैन । त्यसैले हेटौंडा अस्पताल प्रतिष्ठान अन्तर्गत आए पछि स्वास्थ्य सेवा विस्तार भएको छ, मह“गो भएको छैन ।
(६) विगतमा हेटौंडा अस्पताललाई रिफर सेन्टर भनि आमधारणा बनेकोमा हाल जिल्ला भित्र र जिल्ला बाहिरका नागरिकका लागि भरोषायुक्त अस्पतालको रुपमा विकास भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययन अनुसन्धान र चिकित्सा शिक्षाको क्षेत्रमा गरेका उल्लेख्य कामहरु
१) यस प्रतिष्ठानमा स्वास्थ्य विज्ञानअन्तर्गतका विभिन्न विषयहरुको अध्यापन भइरहेको छ जसमा २७० जना विद्यार्थीहरु अध्ययनरत रहेकाछन् भने थप विद्यार्थीहरुलाई पठन पाठन गराउने गरी व्यवस्था गर्ने कार्य भइरहेको छ । प्रतिष्ठानमा हाल स्नातक तहको बिएस्सी नर्सिङ(द्यक्ऋ ल्गचकष्लन) र फार्मेसी(एजबचmबअथ) को पठन पाठन हेटौंडा–४ हुप्राचौरमा, जनस्वास्थ्य(एगदष्अि जभबतिज) हेटौंडा–११, नवलपुरमा र ल्याब मेडिसिन(ीबद ःभमष्अष्लभ) गौरीटारमा पठन पाठन भै रहेको छ ।
२) निकट भविष्यमै एमबिबिएसको पठन पाठन शुरुगर्ने तयारी भइरहेको छ । अस्पताललाई ५०० वेडको विस्तार गर्ने काम तिव्र गतिमा अगाडि बढेको छ । बेसिक हेल्थ साइन्स(द्यबकष्अ ज्भबतिज क्अष्भलअभ) को पठन पाठनका लागि प्रतिष्ठानले ५५ करोडको लगानीमा हेटौंडा–१०, टिसिएनमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ ।
३) प्रतिष्ठानले स्वास्थ्य सेवाका लागि विज्ञ चिकित्सक तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखी काम गरिरहेकेको हुँदा केहि वर्षभित्रै प्रतिष्ठानबाट शिक्षा लिएका स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आउने अवस्था छ ।
प्रतिष्ठान तथा अस्पतालबारे भ्रम उत्पन्न हुनेगरी आउने गरेका विषयहरु र यर्थातता ः
१) प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य सेवा र शिक्षा नीतिअनुरुप काम गर्ने हुँदा अस्पताल पूर्णत सरकारी अस्पताल हो । अस्पताल सेवा तथा स्वास्थ्य शिक्षा समेत सरकारी नीति नियमअनुसार नै संचालन हुने हो । तथ्य विपरित आउने अभिव्यक्तिमा कुनै सत्यता छैन ।
२) संघीयता कार्यन्वयनसँगै जिल्ला अस्पतालको अवधारणमा परिवर्तन आइसकेको छ । सबैखाले जिल्ला अस्पतालहरु प्रदेश अस्पतालमा परिवर्तन भइसकेका छन् । यो प्रतिष्ठानले संचालन गरेको अस्पताल हाम्रै हेटौंडा अस्पताल हो, यसको अस्तित्व र ईतिहास मेटिएको छैन । थप सुदृढ र सक्षम हुँदै गएको छ । यसमा हामी मकवानपुरबासीले गर्व गर्नु पर्दछ ।
३) प्रदेश राजधानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा करिव ५ वर्षकै अवधिमा ठूलो फड्को मारेको, स्वास्थ्य सेवामा मकवानपुरबासी आत्मनिर्भर बन्दै गएको, जिल्ला बाहिरका बिरामी समेत उपचार गर्न आउने वातावरण बनेको यथर्थतालाई सबैले मनन गर्नु पर्दछ । कूनै पनि वहानामा प्रतिष्ठानले प्रदान गर्ने सेवा सुविधा कटौती हुने आमनागरिकले लिने स्वास्थ्य सेवामा कटौती हुनेगरी गरिने सबैखाले प्रयास अभिव्यक्ति र टिप्पणीलाई हामीले कडा रुपमा प्रतिवादगरी प्रतिष्ठानको स्वायत्तता र स्थायित्वका लागि खवरदारी गर्नु पर्ने अवस्था छ ।
४) प्रतिष्ठान अन्तर्गतको स्वास्थ्य सेवा र स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि भइरहेका काम आमनगरिकका लागि नै हो । यसको संरक्षण गर्ने, जगेर्ना गर्ने दायित्व हामी सबैको हो । तसर्थ सबैले सचेत रही यसको संरक्षण र विकासमा लागिपर्नुपर्ने अवस्था छ ।
५) बागमती प्रदेशको यस अघिको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्ने प्रयास गरेकोमा सो बिरुद्ध सम्मानित सर्वोच्च अदालतमा प्रतिष्ठानबाट रिट दर्ता गरेकोमा अदालतले प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्न नमिल्ले निर्णय गरिसकेको हुँदा कानूनी रुपमा भएको व्यवस्थालाई अदालतले निर्णयद्वारा पुनर्पुष्टी गरिसकेको हुदाँ प्रतिष्ठानसँग हेटौंडा अस्पताललाई अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति, भ्रम, कुण्ठा र राजनैतिक प्रतिशोध बाहेक केहि होइन भन्ने तथ्य सबैले बुझ्नु पर्दछ ।
६) नेपालमा संचालन भइरहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पाटन अस्पताल, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सुनसरी जिल्ला अस्पताल, त्यस्तै प्रादेशिक अस्पताल जनकपुर धाम मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालन भइरहेको हँुदा हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालन भएको विषयलाई अतिरञ्जित गरी भ्रम पार्न खोजिएकोले भ्र्रममानपर्न सबैमाआग्रहगर्दछु ।
प्रतिष्ठान सु–संचालन लागि गर्नुपर्ने थपकार्य र अपेक्षा ः–
१) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल संचालनतथाव्यवस्थापन) नियमावली, २०७७ को कानूनी व्यवस्थाले प्रतिष्ठान प्रदेशको संसदले तर्जुमा गरेको ऐन अन्तर्गत संचालित संस्था हो । हेटौंडा अस्पताल सोही अन्तरगत नै संचालित छ । मिति २०७८।१।०५ को अस्पताल व्यवस्थापन समितिको बैठकले सम्पूर्ण अस्पतालको सम्पत्ति समेत हस्तान्तरण भइसकेकोमा ऐन नियमावलीले व्यवस्थान गरेका पदहरु कायम नै रहेको प्रतिष्ठानले कानून बमोजिम स्वायत्त रुपमा गर्न पाउने काममा कानून विपरितका अवरोधहरु भएका कारण कयौं विषयहरुमा द्विवीधा र भ्रम श्रृजना भएकाछन् ।
तसर्थ बागमती प्रदेश सरकारकाले प्रतिष्ठान संचालन सम्बन्धी ऐन, नियमावलीको व्यवस्था विपरितका पदहरु खारेजी गर्ने, अस्पताल र प्रतिष्ठान छुट्टै हो भन्ने आभाष दिनेगरी कायम रहेका सबै संरचना र व्यवस्थाहरु पूर्णरुपमा हटाई पूर्ण स्वायत्तता प्रतिष्ठानमा रहने गरी उयर्युक्त निर्णय यथासिघ्र गरि अवाश्यक कार्य तथा निर्देशन गर्न अनुरोध गर्दछु ।
२) मकवानपुरको स्वस्थ्य सेवाको विस्तारका लागि छुट्टै अस्पताल समेत आवश्यक रहेको भन्ने सन्दर्भमा बागमती प्रदेश अस्पताल स्थापनाको गृहकार्य भइरहेको भन्ने जानकारी प्राप्त भएकोमा यसको स्वागत गर्दछु र यथासिघ्र मकवानपुर जिल्लाको पूर्वी क्षेत्र र सिन्धुली जिल्लाको क्षेत्र समेतलाई सेवा प्रदानगर्ने गरी मकवानपुर जिल्लाको उपयुक्त स्थानमा प्रदेश अस्पताल स्थापना यथासिघ्र गर्न बागमती प्रदेश सरकार समक्ष आग्रह गर्दछु ।
३) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको गौरवको योजना र कार्यक्रम हो । यसले देशका अन्य सहरमा जस्तै गुणस्तरीय स्वास्थ्य सेवा सुविधा प्रदानगर्ने र स्वास्थ्य शिक्षाको गन्तव्य बनाउने गरी कार्य गरिरहेको छ । यसको जगेर्ना र विकासमा लाग्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । कानून बमोजिम स्थापना भइ संचालन भइरहेको संस्थाको विकासमा योगदान गर्नु पर्नेमा सर्वाभौम संसदले बनाएको कानूनी व्यवस्था विपरित आउने विचार र अभिव्यक्तिले भ्रममात्र श्रृजनागर्दछ । साथै यथार्थ विपरित आउने अभिव्यक्तितथाहल्लाहरुको विश्वास नगर्न र स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा मकवानपुरले प्राप्तगर्दै आएको उपलब्धीको रक्षा र थप उपल्ब्धी प्राप्तगर्ने काममा आ–आÏनो ठाउँबाट सचेत भई योगदान गर्न सम्पूर्ण जिल्लाबासी सचेत नागरिकमा हार्दिक आव्हान गर्दछु । आगामी दिनमा प्रतिष्ठानको विकास र उन्नतीबाट स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा ठूलो उपलब्धी प्राप्तहुने र त्यसको प्रत्यक्ष अनुभती आमनागरिकले गर्ने विश्वास लिएको छु ।