हतियार लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

जनपत्र
१ जेष्ठ २०८१, मंगलवार १५:४७

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । अमेरिकी सहायता प्याकेजको हतियार आपूर्ति गर्न उनी त्यसतर्फ गएका हुन् ।

युक्रेनले खार्किभमा ठुलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू पुगेका छन् । ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने बताइएको छ ।

भेटका क्रममा ब्लिन्केनले युक्रेनी अधिकारीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकाले तीन साताअघि अमेरिकी संसदबाट युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।

ब्लिन्केन युक्रेन पुग्नु अघि नै युक्रेनको एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएमएसको लामो दूरीसम्म सटीक हमला गर्न सक्ने मिसाइलहरू प्राप्त गर्न थालेको बताइएको थियो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*