वनले जनताको जिवनमा परिवर्तन गर्नुपर्छ–मन्त्री नेपाल

हेटौंडा । प्रदेश नम्बर–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वनले जनताको जिवनमा परिवर्तन गर्नुपर्ने वताउन ुभएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित “चितवन जिपलाइन’’ को शुभारम्भ कार्यक्रमको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारीमा उद्घाटन् गर्दै उहाँले हिजोको वन नीति संरक्षणमुखी थियो भने अब वनलाइ संरक्षणका साथसाथै उपयोगमुखी बनाउर्ने वताउनुभयो ।
यहाँको जिपलाइनले रोजगारी सिर्जना गर्ने वताउँदै उहाँले भन्नुभयो–‘सामुदायिक वनको आर्थिक गतिबिधि बढाउनेछ, सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा सहयोग गर्नेछ । स्थायी सरकारले चटके काम गर्दैन, अतिरन्जित प्रचार गर्दैन, यो स्थायी सरकार योजनाबद्ध ढंगबाट अगाडि बढिरहेको छ, सरकार प्रचारमा नभएर जनमुखी काममा लागेको छ ।’
प्रदेशले पास गरेको ऐन उद्योगमैत्री, पर्यटनमैत्री र विकासमैत्री रहेको मन्त्री नेपालले वताउनुभयो । वनमा लगाउने कर एकद्वार प्रणालीबाट संकलन गरिनुपर्ने प्रदेश सरकारको धारणा रहेको उहाँले वताउनुभयो । अब राजनीतिक आन्दोलन सकिएकाले आर्थिक समृद्धिमा जोड दिनुपर्ने मन्त्री नेपालको भनाइ छ। तत्कालीन समय र परिस्थितिअनुसार उत्कृष्ट संविधान जारी भएकाले अब सबै मिलेर विकास, समृद्धिमा जुट्नुपर्ने बताए। संघीयताले घरघरलाई आफ्नो क्षेत्रको विकास आफैँ गर्ने अवसर दिएकाले सबै लाग्नुपर्ने बताए।
वनलाई सदुपयोग गर्दै छिमेकि राष्ट्र भुटान विगत एक दशकमा निक्कै अघि बढेको उदाहरण दिँदै उनले नेपालले पनि यसबाट सिक्नुपर्ने बताए। वनमा जिपलाइन, ट्रि क्लाम्विङलगायतका विभिन्न आम्दानी बढाउने गतिविधि गर्नुपर्ने मन्त्री नेपालको भनाइ छ। उनले समृद्धिका लागि अब सबै नेपालीमा आत्मविश्वास बढाउनुपर्ने बताए। हामी गर्न सक्छौँ, हामी गछौँ भनेर लाग्न सबैलाई उनले आग्रहसमेत गरे। उनले जुनसुकै क्षेत्रमा, जहाँबाट सुरु गरे पनि प्रदेश सरकारले समृद्धिका गतिविधिलाई पूर्ण साथ र सहयोग गर्दै सफल बनाउने प्रतिबद्धता पनि जनाए। उनले जल, जंगलले अब स्थानीयको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा चितवनका प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।