ज्योती मगरको कार्यक्रममा किन हानियो ढुंगा ?

जनपत्र
२५ बैशाख २०८१, मंगलवार ०६:२८

गायिका ज्योती मगरले आफ्नो रिस गर्नेले आफूविरुद्ध नकारात्मक भ्रम फैल्याइरहेको बताएकी छन् । दर्शकले ढुंगा हानेर लखेटेको भन्ने सामाजिक सञ्जालमा फैलिएको नकारात्मक खबरको उनले खण्डन समेत गरेकी छन् ।

‘१० हजारको भीडमाझ आफूले प्रस्तुति दिँदा दर्शक नाच्न र झुम्न थालेपछि त्यहाँ रहेका बच्चा र महिला च्यापिने परिस्थिति थियो’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्यो स्थितिमा भीडमा घुसेर प्रहरीले लाठीचार्ज गर्न थालेपछि केही युवकले ढुंगा प्रहार गरेका थिए ।’

आधा घण्टा म्युजिक अफ गरेर माहौल साम्य बनेपछि आफूले पुनः गीत गाएर कार्यक्रम सकाएको उनले खुलाएकी छन् । उनी थप्छिन्, ‘यदि ममाथि ढुंगामुढा प्रहार भएको भए म खुसी नै हुन्थे । बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो । १० हजार बढी दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने म खुसी खुसीले ढुंगा खाइदिने हो ।’

ज्योती माथि गत वैशाख २२ गते जुम्लामा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै गर्दा ढुंगा प्रहार भएको थियो । ज्योतीले सामाजिक सञ्जालमा उक्त कार्यक्रमको भिडियो समेत शेयर गरेकी छन् । भिडियोमा ज्योतीलाई लखेटेको भने देखिन्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*