क्यानडास्थित नेपाली दूतावासले भन्यो – विद्यार्थीले आउनासाथ रोजगारी पाउँछन् भन्ने भ्रममा नपर्नुस्

जनपत्र
२० बैशाख २०८१, बिहीबार १६:०८

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न भन्दै सचेतनामुलक सन्देश जारी गरेको छ ।

अध्ययनका लागि क्यान्डा गएका विद्यार्थीले जागिर नपाउँदा समस्या भइरहेका विवरणहरु आइरहेका बेला ओटावास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्ने, खाने खर्च व्यवस्थापन गरेर मात्र पठाउन भनेको हो ।

‘क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ’, दूतावासले भनेको छ ।

दूतावासले अध्ययनका लागि आउँदा कलेज वा विश्वविद्यालयको गुणस्तर र विश्वासनीयता यकिन गरेर मात्र शैक्षिक शूल्क तिर्न पनि भनेको छ ।

‘डेरा खोज्दा पनि घर मालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्दछ’, दूतावासले भनेको छ, ‘सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परेर भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ ।’

हेर्नुस् दूतावासको सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*