बर्थडेमा पूजालाई फ्यानले दिए सुनको बाला, भन्छिन्- संगत राम्रो मान्छेको गर्नुपर्ने रहेछ

जनपत्र
१८ बैशाख २०८१, मंगलवार १६:२५

अभिनेत्री पूजा शर्मालाई सोमबार बर्थडे मनाउने व्यस्तता दिनभर रह्यो । उनले धेरै ठाउँमा पुगेर जन्मदिन सेलिब्रेसन गरिन् । प्रेमी युद्ध बानियाँले पनि केक खुवाएर बर्थडे ‘विस’ गरे ।

अन्यभन्दा फ्यानसँग उनको जन्मदिन सेलिब्रेसन विशेष रह्यो । फ्यानले सुनको बाला उपहार मात्र दिएनन्, फूलैफूलको वर्षासमेत गराए । पूजा र युद्धको फोटो समावेश लकेट पनि उपहार दिए ।

उसै पनि वर्षेनी पूजाको बर्थडे सेरेमोनी भव्य र विशेष हुनेगर्छ । उनीप्रति फ्यानको क्रेज बर्थडेमा निकै देखिन्छ । फ्यानसँग जन्मदिन मनाउँदा पूजा खुसी पनि देखिएकी छन् ।

पूजाले बितेको वर्ष सिकेको त्यो पाठ

जन्मदिन मनाउँदै गर्दा पूजाले मिडिया कुराकानीमा आफ्ना भावना र विचार पनि साटेकी छन् । संगत राम्रो मान्छेसँग गर्नुपर्ने रहेछ भन्ने ठूलो पाठ आफूले बितेको वर्ष सिकेको उनले बताइन् । यसलाई लिएर आफूमा पश्चाताप रहेको पनि उनको भनाइ छ ।

भन्छिन्, ‘यो वर्ष मैले के बुझें भने संगत एकदमै राम्रो मान्छेसँग हुनुपर्दो रहेछ । मान्छेलाई माथि लैजाने र तल झार्ने संगतले नै हुने रहेछ । यो ठूलो पाठ सिकेको छु । एउटा ठूलो रिग्रेट छ मलाई यसबारेमा ।’

तर कोप्रति यो अभिव्यक्ति लक्षित थियो भन्नेबारे उनले खुलाइनन् । उनले निर्मातालाई बचाउन आगामी फिल्म ‘दान्भी’को प्रदर्शन असार ७ गते पुर्‍याएको समेत बताइन् । ‘म जिरो इगो भएको मान्छे हुँ । दान्भी मैले लाइफमा धेरै दुःख गरेको फिल्म हो,’ उनले भनिन्, ‘मलाई डर भन्ने चीज छैन । सबैको कन्टेन्ट राम्रो हुन्छ । निर्मातालाई बचाउनुपर्छ, इगो जिरो प्रतिशत छ ममा । दर्शकलाई फिल्म देखाउने हो । यही सोचेर फिल्म सारेका हौं ।’

उनले यस वर्ष आफ्नो निधारमा टीका हुने समेत बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*