चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने

जनपत्र
१८ बैशाख २०८१, मंगलवार ०५:५८

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

काठमाडौँस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।

दुतावासले भनेको छ- ‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*