रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्‍यो चीनलाई प्रश्न

जनपत्र
१५ बैशाख २०८१, शनिबार ०६:१६

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा चीनले रुसलाई दिएको समर्थनबारे राष्ट्रपति सी जिनपिङसँग प्रश्न उठाएका छन् । आफूले सी जिनपिङलाई चीनको समर्थन बिना यस युद्धमा रुसलाई अप्ठ्यारो हुने बताएको पत्रकारहरूसँगको कुराकानीका क्रममा ब्लिन्केनले भनेका छन् ।

यसअघि सी जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीको रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए ।  यस भ्रमणको सुरुमा चिनियाँ विदेश मन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए ।

अमेरिकी विदेश मन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा थिए । अप्रिल २६ मा ब्लिन्केन र वाङ यीले बेइजिङमा भेटघाट गरेका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*