चर्चित मोडल मञ्जिता केसी विवाह वन्धनमा बाधिने पक्का, को हुन् त बेहुँला ?

जनपत्र
१४ बैशाख २०८१, शुक्रबार १५:४४

सर्लाहीको, लालबन्दी जन्मिएकी चर्चित मोडल मञ्जिता केसी विवाह वन्धनमा बाँधिने भएकी छिन् । एक दशक भन्दा अघी सांगीतिक क्षेत्रमा प्रवेश गरेकी केसीले “धर्ती गोलो छ भन्छन्” गीतबाट अभिनयको यात्रा सुरु गरेकी हुन् ।

मञ्जिता केसी “म्युजिक भिडियो कलाकार संघ नेपाल” की महिला उपाध्यक्ष समेत हुन् भने “राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल” की आजिवन सदस्य पनि हुन् । उनी सानै देखी चञ्चले स्वभावकी थिईन् । सानै देखी कलाकार बन्ने उनको सपना थियो । उनले थुप्रै म्युजिक भिडियो, सर्ट फिल्म, टेलिसिरियलमा पनि अभिनय गरिसकेकी छिन् । मञ्जिता केसीले केही दिन अघि मात्र प्रकाश केसी सँग इन्गेजमेन्ट गरेकी छिन् ।

ग्रामिण भेगमा बिवाह अघी बिवाहको मिती निश्चित गर्नु, ठेकी पिक्षा लगाउनु, कोदोको रक्सीको ड्रम, सेल रोटीको भारी, कुराउनीको भारी, जिउदो खसी, बेहुलीलाई नयाँ लुगा, सिक्री, औठी लगायत अन्य कोसेली लगेर जाने प्रचलन थियो । हालः त्यो प्रचलन ग्रामिण भेगको केही स्थानमा यथावत होला तर केही भेगमा परिवतर्न भएको छ ।

बिहेबारी पक्का भएपछि बेहुँला बेहुली तर्फ एक अर्काको परिवारबाट टिकाटालो गर्नु, सम्यौल गर्नु लगायत आफन्त, दाजुभाई ईस्टमित्र बोलाएर सहभोज गर्ने प्रचलन थियो । ग्रामिण भेगमा कतिपय ठाँउमा यस्तै परम्परा छ तर शहरी क्षेत्रमा फरक परम्परा हुन सक्छ । यस्तो परम्परालाई ग्रामिण भेगमा टिका टालो गर्ने, ठेकी पिक्षा लगाउने भनिन्छ भने शहरी क्षेत्रमा ईन्गेजमेन्ट भनिन्छ ।

ग्रामिण क्षेत्र र शहरी क्षेत्रमा बिवाहको प्रक्रिया फरक भएता पनि आखिर केटाले केटी पाउने, केटीले केटा पाउने नै हो । एक अर्काले नयाँ जिवनको सुरुवात गर्ने हो । ५ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी चर्चित मोडल मञ्जिता केसीले छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।

केही दिन अघि इन्गेजमेन्ट गरेकी मोडल केसी तथा प्रकाश केसी आगामी असार २८ गते शुक्रवार वैवाहिक बन्धनमा बाँधिने भएका छन् । काठमाडौं, रानीवारीवासी केसीसंग मञ्जिताको परम्परागत विवाह हुन लागेको कुरा पारिवारिक स्रोतले जनाएको छ । लामो समय अस्ट्रेलिया बसेका केसी पछिल्लो तीन वर्षदेखि काठमाडौं मै छन् ।

केही हप्ता अघि प्रकाश केसीले मञ्जिता केसीको घरमै विवाहको प्रस्ताव लिएर गएपछि विवाह निश्चित भएको हो । बिवाह पश्चात मञ्जिता केसीले आफ्नो सांगीतिक क्षेत्रलाई निरन्तरता दिने बताईन् । प्रकाश केसी र मञ्जिता केसीको जोडीलाई बैवाहिक जिवनसंगै सफल दाम्पत्य जिवनको सफलताको शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*