भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती

जनपत्र
७ बैशाख २०८१, शुक्रबार ०६:१८

भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन् । भावेश भण्डारी र उनकी पत्नीले निर्माण व्यवसायबाट करिब २ अर्ब भारु (२ करोड ४० लाख डलर)को सम्पत्ति जोडेका थिए । अन्य धनाढ्यजस्तै यी दम्पतीले पनि विलासी जीवन जिउँदै आएका थिए ।

सन् २०२२ को अप्रिल २२ मा दम्पतीको १६ वर्षीय छोरा र १९ वर्षकी छोरी पनि भिक्षु बने । छोरा र छोरीको कदमलाई पछ्याउँदै हालै यो दम्पतीले सबै सम्पत्ति दान दिएर जैन भिक्षु बन्ने निर्णय गरेका छन् । भण्डारी दम्पतीले संयम जीवन अपनाउने वाचा पनि गरिसकेका छन् । फेब्रुअरीमा यो जोडीले एउटा रथमा चढेर आफूसँग भएको पैसा देखि मोबाइल र एसीसम्म सबै चिज सहरभरि बाँड्दै हिँडेका थिए ।

भारतमा यस्तो खालको घोषणा नयाँ होइन । सन् २०१७ मा मध्य प्रदेशमा एक जोडीले १ अर्ब भारु दान गर्दै तीन वर्षीय छोरीलाई छाडेर भिक्षु बनेका थिए । गएको वर्ष एक हिरा व्यापारी र उनको श्रीमतीले पनि सारा सम्पत्ति छाडेर जैन तपस्वी बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*