प्रदीपलाई लिएर सुदर्शन थापाले नयाँ लभस्टोरी फिल्म निर्देशन गर्ने

जनपत्र
५ बैशाख २०८१, बुधबार ०५:५८

। अभिनेता प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर सुदर्शन थापाले नयाँ लभस्टोरी फिल्म निर्देशन गर्ने भएका छन् । मंगलबार निर्माता तथा निर्देशक थापा र अभिनेता खड्काबीच लिखित सम्झौता भएको छ ।

सम्झौतापछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक थापाले नयाँ अनटाइटल फिल्मको प्रमुख भूमिकामा प्रदीपलाई साइन गराएको बताए । ‘प्रेमगीतको पहिलो भागले जुन छाप छाडेको थियो, त्यसलाई निरन्तरता दिन खोजेका हौं,’ थापाले भने, ‘धेरै सरसल्लाहपछि काम गर्न तयार भएका हौं ।’

यसअघि यी दुईजनाले आठ वर्षअघि रिलिज भएको लभस्टोरी फिल्म ‘प्रेमगीत’मा सहकार्य गरिसकेका छन् । सुदर्शन आगामी होम-प्रोडक्सन फिल्म ‘रावायण’को छायांकन सकिएपछि प्रदीप स्टारर फिल्मको निर्माण गर्ने तयारीमा छन् । २०८१ सालभित्रै निर्माण र प्रदर्शनको लक्ष्यसहित उनी अघि बढ्न चाहन्छन् ।

सुदर्शनको आगामी फिल्म ‘रावायण’ वैशाखदेखि नै छायांकन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*