‘भ्वाइस किड्स’ सिजन ३ को कोचमा मेलिना राई अनुबन्धित

जनपत्र
४ बैशाख २०८१, मंगलवार ११:३४

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई जोडिएकी छन् । शोले सोमबार बेलुका सामाजिक संजालमार्फत उक्त जानकारी दिएको हो ।

शोको नयाँ कोचमा मेलिनासँगै यसअघि युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।

यतिबेला भ्वाइस किड्सको पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको छ । ६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले यो शोमा भाग लिन पाउनेछन् ।

शोबारे चाँडै विस्तृत जानकारी दिइने निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए । यो रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*