नेपाल र हङकङबीचको खेल हुनुअघि मैदानमा वर्षा

जनपत्र
३ बैशाख २०८१, सोमबार ११:५२

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभाजित हुने भएको छ ।

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका छ । तर, हाल खेल हुने मैदानमा हल्का वर्षा भइरहेको छ । पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने देखिएको छ ।

पानी रोकिएपछि मात्रै टसको समय निर्धारणत हुनेछ । टस नियमित समय अनुसार ११: १५ मा हुनुपर्ने हो । तर, त्यो ढिला हुनेछ ।

दुवै टोलीका खेलाडी भने मैदानमा आई पुगिसकेका छन् । ओमानमा उच्च गर्मी हुँदा वर्षा रोकिएको केही समयपछि नै खेल खेल्न सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

नेपाल र हङकङबीच ९ टी-२० आई खेल भएका छन् । दुवै टोली समान ४ खेलमा विजयी हुँदा एक खेल वर्षाको कारण रद्द भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*