२०८१ साल मा पर्यो ३ ओटा दशैँ
विक्रम संवत् २०८१ मा तीनवटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैँ परेको छ । वैशाख ४ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ यस वर्ष असोज १७ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।
असोज २४ गते बिहीबार फूलपाती, २५ महाअष्टमी र महानवमी तथा असोज २६ गते शनिबार विजयादशमी परेको छ । कार्तिक कृष्णपक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १५ गते बिहीबारदेखि सुरु हुनेछ ।
दशैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार र भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।
त्यसैगरी, चैत्र २३ गते शनिबार चैते दशैँ परेको छ । चैते दशैँ नेपालका अधिकांश भागहरूमा धूमधामसँग देवीको पूजाआजा गरेर मनाउने गरिन्छ ।







