सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

जनपत्र
२८ भाद्र २०७६, शनिबार १६:३२

हेटौंडा । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेलले सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्ताक्षेप नगर्नका लागि आग्रह गर्नुभएको छ । स्थानीय सरकारले शिक्षामा हस्ताक्षेप नगर्नका लागि मन्त्री पोख्रेललले आग्रह गर्दै भन्नुभयो–‘जथाभाबि शिक्षाक नियुक्ती गर्ने, सरुवा गर्ने भन्दा पनि शिक्षाको आर्थिक समस्या, भौतिक समस्या, शिक्षकवीचमा भएका गुटवन्दी अन्त्य गर्न ध्यान दिन जरुरी रहेको छ ।’

प्रदेश नम्बर ३ को सामाजिक बिकास मन्त्रालयको आयोजनामा ‘‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणलीको सवलीकरण’’ भन्ने नाराका साथ सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढीकरण विषयक प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले सामुदायिक बिद्यालयहरुको रुपमान्तरणमा नमुना बिद्यालयको प्रस्तुतीकरणले महत्वपूर्ण हुने वताउनुभएको छ । शिक्षक पार्टीको कार्यसमितिमा बसेर काम नगर्नका लागि उहाँले सुझाव दिदै भन्नुभयो–‘पार्टीप्रति वफादार भएपछी कसरी शिक्षामा अगाडी बढाउन सक्छ त्यसैले पार्टीमा हैन बिद्यालयमा शिक्षकले ध्यान दिनुपर्छ ।’

बिद्यालय कम्जोर हुनुमा शिक्षामा शुसासन नभएका कारण पनि सुधार नआएको वताउँदै उहाँले भन्नुभयो–‘शिक्षक प्रबिधि संग जोड्नुपर्छ, प्रबिधिले मुलुकको विकास गर्छ ।’ राजनीतिमा धेरै बहस, छलफल भए तर, शिक्षामा धेरै छलफलनै नभएका कारण शिक्षा राम्रो हुन नसकेको वताउनुभयो । शिक्षामा सिकाईमा केन्द्रीत भएर सृजनात्मक रुपमा काम गरिनुपर्ने मन्त्री पोख्रेलले वताउनुभयो ।

अहिले बिद्यालयमा अग्रेजी सिकाउनुपर्ने तर, अग्रेजीका नाममा नेपाली पढाउन छोड्ने नभएको उहाँले वताउनुभयो । बिद्यार्थीलाई बिद्यालय एक्लैले सुधार गर्न नसक्ने भएकाले घर, परिवार र समाजबाट पनि रुपमान्तरण गर्नुपर्ने उहाँले वताउनुभयो । सामुदायिक बिद्यालयमा हरकुरालाई रुपमान्तरण संग जोड्नुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘निजी बिद्यालयका बिद्यार्थीलाई आमाले, बुवाले बिद्यालय सम्म पु¥याउने, खाजा लगिदिने, लिएर आउने तर, सामुदायिक बिद्यालयमा किन त्यसो नगर्ने त ?’

पेसाप्रति प्रतिवद्ध र काम प्रति जवाफदेहीता भएका शिक्षक अहिलेको आवस्यक्ता रहेको वताउँदै उहाँले भन्नुभयो–‘शिक्षक सकारात्मक भएर परिवर्तनको संभाहकको रुपमा अगाडी बढ्नुपर्छ अनी मात्र शिक्षामा सकारात्मक अगाडी बढ्छ । सरकारले सार्वजनिक शिक्षामा धेरै लगानी गरिएको तर, त्यस अनुसार प्रसितफल लिन नसकिएको वताउनुभयो । शिक्षामा एकै वर्ष काम गरेर राम्रो रिजल्ट आउने नभइकन दश वर्ष राम्रो संग काम गरेपछी मात्र शिक्षामा गुणस्तरियता आउने वताउनुभयो ।’

सरकार सार्वजनिक शिक्षालाई सवलीकरण गर्ने अभियानमा आफुहरु लागिपरेको उहाँले वताउनुभयो । राम्रा बिद्यालयको अभ्यास सबैले सिक्नुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘राम्रा बिद्यालयबाट अरु बिद्यालयले के सिक्ने हो त्यो सिक्न जरुरी छ । सिक्नेकुरामा राम्रा बिद्यालयले तयार पार्नुपर्छ ।’

कुनैपनि बिद्यालयमा प्रधानध्यापकले बिहान देखि बेलुका सम्म अहोरात्र खटिएको छन् त्यस्ता बिद्यालय उत्कृष्ट भएको वताउनुभयो । निजी बिद्यालय संग प्रतिस्पर्धामा रहेका बिद्यालयले राम्रो सफलता प्राप्त गरेको वताउनुभयो । यस प्रदेशले बिद्यालय नर्स कार्यक्रम ल्याएर राम्रो काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । सामुदायिक बिद्यालयको सवलीकरणमा राष्टको लागि आवस्यक्ता रहेको वताउँदै उहाँले भन्नुभयो–‘हामीले कम्तिमा सार्वजनिक शिक्षामा सवलीकरण गर्नु जरुरी छ । एक कक्षामा पढ्न आएको बिद्यार्थीलाई १० कक्षा सम्म पुग्दा राम्रो शिक्षा लिएको हुनुपर्छ ।’

प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, शिक्षा बिभाग, मन्त्राय, प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतका क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेशभरीका बिभीन्न जिल्लाका शिक्षा इकाईका प्रमुख, बिद्यालयका अध्यक्ष तथा प्रधानध्यापक, शिक्षक, स्थानीइ तहका प्रमख तथा उपप्रमखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेशका नमुना मुलक सामुदायिक बिद्यालयहरुले आफ्ना बिद्यालय सवल हुनुको कारण सहितको प्रस्तुतीरकण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*