एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली ओमानको विजयी शुरुवात, यूएईले कुवेतलाई हरायो

जनपत्र
३० चैत्र २०८०, शुक्रबार १६:३१

काठमाण्डाै – आजदेखि शुरु भएको एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली ओमानले विजयी शुरुवात गरेको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा आज भएको पहिलो खेलमा ओमानले बहराइनलाई ३ रनले हरायो ।

ओमानले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनमात्र बनाउन सक्यो । बहराइनका इमरान अलीले ५०, कप्तान हेदर बटले ४७, अहमेर बिन नसिरले नट आउट ३८ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान, शकील अहमद, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो । ओमानका अकिब इलियासले ६२, कप्तान जीशान मक्सूदले नट आउट ४५, कश्यप प्रजापतीले ३८ रन बनाए । बलिङतर्फ बहराइनका अली दवूद, रिजवान बट र अब्दुल मजिदले समान १ विकेट लिए ।

यस्तै अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) मा भएको अर्काे खेलमा यूएईले विजयी शुरुवात गरेको छ । यूएईले कुवेतलाई ७ विकेटले हरायो ।

कुवेतले दिएको १ सय ७९ रनको लक्ष्य यूएईले १७ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुलले ९०, आसिफ खानले ७४ रन बनाए । दुवै जना नट आउट रहे । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुसले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो । कुवेतका क्लिन्टो अन्टोले ५४, उसमान पटेलले २७ रन बनाए । बलिङतर्फ यूएईका अली नसीर र बसिल हमीदले समान ३ विकेट लिए । प्रतियोगितामा अहिले सवा ४ बजे नेपाल र मलेसिया तथा हङकङ र कतार खेल्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*