प्रशान्त तामाङको निर्देशनमा ‘सारंग’ बन्ने

जनपत्र
३० चैत्र २०८०, शुक्रबार १५:३६

नयाँ चलचित्र ‘सारंग’ चलचित्र निर्माण हुने भएको छ । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा बन्ने यो चलचित्र कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्नेछ ।

चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् । कार्यक्रमका प्रमुख आथिति कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आममानिसमा मनोरञ्जनका साथै यथेष्ट सूचना प्रदान गर्ने बिश्वास ब्यक्त गर्दै अभिभावकहरुलाई भबिष्यका कर्णाधार बालबालिकाप्रति गर्नुपर्ने ब्यबहार तथा जिम्मेवारी बोध गराउन सफल हुने धारणा ब्यक्त गरे ।

निर्देशक प्रशान्तले आफूले समाज,घरपरिवारमा देखि,भोगी आएका बिषयलाई पर्दामा उतार्न लागेको बताउदै ‘सारंग’ को आगामी आइतबार अर्थात २ बैशाखबाट छायांकन सुरु हुने जानकारी दिए । अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउदै यसप्रकारको फिल्मले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखीन् । उनले यो फिल्ममा आफूलाई दर्शकले बिगतका आफ्ना फिल्महरु भन्दा फरक भूमिकामा देख्न पाउने दावी गरिन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । कान्जिरोवा स्कुलका कोअर्डिनेटर बिकास बस्नेत,गीतकार शंकर थापा स्माइल,रंगकर्मी राजेन्द्र रिमाल तथा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले ‘सारंग’ लाई शुभकामना ब्यक्त गरेका थिए । फिल्म बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*