२४ घण्टामा २६ हजार पटक उठबस, बन्यो विश्व कीर्तिमान

जनपत्र
३० चैत्र २०८०, शुक्रबार ०६:१३

अमेरिकामा एक पुरुषले २४ घण्टामा २६ हजारभन्दा धेरै पटक उठबस गरेर विश्व कीर्तिमान बनाएका छन् । अप्रिल ५ मा बिहान ५ बजे इलिनोइसको डेकाटुरका टोनी पिराइनोले उठबस गर्न सुरु गरेका थिए । यो क्रम अप्रिल ६ को ५ बजेसम्म चल्यो । २४ घण्टाको अन्तरालमा उनले २६ हजार पटक उठबस गरेका थिए ।

योसँग सन् २०२० मा रहेडे टापुका जोए रेभेर्देसको रेकर्ड तोडिएको छ । आफ्नो लक्ष्य पूरा गर्न कुनै बाधा नआओस् भनेर पिराइनोले हरेक २२ पटक उठबस गरेपछि ३० सेकेन्डको विराम लिएका थिए । पछि पछि भएपछि उनले विराम अवधि झनै बढाए । टन्नै इनर्जी ड्रिङ्कस खाए अनि काइर्बोहाइड्रेट्स टन्नै पाइने खाजा पनि खाइरहे । आधामै उनी थाकिसकेका थिए । तर पनि उनले आफूले सोचेको कुरा भने पूरा गरेरै छाडे ।

६ अप्रिलको बिहान ५ बजेसम्म पिराइनोले २५ हजार उठबसको अघिल्लो रेकर्ड मात्रै तोडेनन् आफ्नो लक्ष्यभन्दा सय पटक बढी उठबस पनि गरे । उनको यो रेकर्डलाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गर्न बाँकी छ । आफूले प्रमाणपत्रमा पाउनेमा पिराइनो भने ढुक्क छन् । सन् २०१३ मा खेलाडी डेभिड हगिन्सले १७ घण्टा ४५ मिनेटमा ४ हजार ३० पटक पुल अप्स गरेर रेकर्ड बनाएका थिए । उनैबाट प्रेरित भएर पिराइनोले उठबस गर्न सक्ने आफ्नो क्षमता निरन्तर बढाउँदै लगेको स्थानीय पत्रकारहरूसँगको कुराकानीमा पिराइनोले भनेका थिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*