प्रमुुख पाँच कलाकार समेट्दै ‘पुजार सार्की’को पोस्टर सार्वजनिक

जनपत्र
२९ चैत्र २०८०, बिहीबार १६:१२

मुख्य भूमिकामा रहेका पाँच कलाकारलाई समेटेर चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन नायकहरु अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्रै थिए । नयाँ पोस्टरमा भने अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि स्थान दिइएको छ ।

नयाँ पोस्टरमा सबै कलाकारहरू आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको बिच भागमा आर्यन स्थान दिइएको छ । प्रदीपले कट्टु लगाएका छन् भने पलले बन्दुक बोकेका छन्। अभिनेत्री लिम्बु दुई चुल्ठी बाटेकी छन् भने बराइली जिम्मेवार गृहणीको भेषमा देखिएको महसुस हुन्छ ।

जेठ १० बाट प्रदर्शनमा आउने यस चलचित्रमा यी पाँच मुख्य कलाकार बाहेक मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।

यही शुक्रबार टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक दिनेश राउत जानकारी दिएका छन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस चलचित्रको लेखक विकास सुवेदी हुन् भने सुवास भुसालको लगानी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*