आईपीएल क्रिकेटमा आज शीर्ष स्थानको राजस्थान र सातौँ स्थानको गुजरात खेल्दै

जनपत्र
२८ चैत्र २०८०, बुधबार १०:४३

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । राजस्थान अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

यसअघिका चार खेलमा अपराजित राजस्थानको ८ अङ्क छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेल खेलेकोमा दुई जित र तीन हार ब्यहोरेको छ । चार अङ्क रहेको गुजरात सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादले पञ्जाव किंङग्सलाई २ रनले हरायो । हैदराबाद तालिकाको पाँचौँ र पञ्जाब छैठौँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*