जोन टिनिसवूड बने विश्वकै पाका पुरुष

जनपत्र
२७ चैत्र २०८०, मंगलवार ०६:१९

जोन टिनिसवूड विश्वकै वृद्ध पुरुष बनेका छन् । गएको हप्ता भेनेजुएलाका ११४ वर्षका जोन विसेन्ट पेरेजको मृत्यु भएको थियो । पेरेजको मृत्युपछि टिनिसवूडले यो उपाधि पाएका हुन् । उनको जन्म बेलायतको मर्सीसाइडमा सन् १९१२ मा भएको थियो । पेशले जोन सेवा निवृत्त एकाउन्टेन्ट हुन् । उनले हुलाक सेवामा पनि काम गरिसकेका थिए ।

उनी १११ वर्ष २२२ दिनका भए । हाल उनी मर्सीसाइडकै एक केयर होममा बसिरहेका छन् । हरेक चिजमा संयम राख्नुलाई उनले आफ्नो लामो आयुको रहस्य बताएका छन् । दिनभरि एकै ठाउँमा बसिरहनुलाई उनी ठीक भन्दैनन् । आफ्नो सोचलाई जति सक्यो त्यति बढाउन अनि एकै ठाउँमा अड्की नरहन उनले भनेका छन् । आफूलाई तन्दुरुस्त राख्न कोसिस गर्न र आफ्नो खानपिनमा ध्यान दिन पनि उनले भनेका छन् ।

यस अघि विश्वका सबैभन्दा पाका पुरुष पेरेजको मृत्यु ११४ वर्षको उमेरमा अप्रिल २ मा भएको थियो । सन् २०२२ मा गिनिज बूक अफ वर्ल्ड रेकर्डले उनलाई विश्वको बुज्रुग पुरुष घोषित गरेको थियो । त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । उनी पेसाले किसान थिए । उनी कडा मेहनत गर्थे, समयमै आराम गर्थे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*