चीनमा सुनमायाले जितिन् गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि

जनपत्र
१९ चैत्र २०८०, सोमबार ०६:०९

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेस रेसको उपाधि जितेकी छन् ।

उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेल रेस अन्तर्गत ७० किमी रेसको दूरी ७ घण्टा ६ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्

चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो ।

यो रेस गोल्डेन ट्रेल रेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो ।

सुनमायाले हङकङको आईटीआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन् । उनी १०० किलोमिटर अल्ट्रा रेसमा  विश्वकै शीर्ष ८ अल्ट्रा रनर हुन् ।

यस वर्ष सुनमायाको स्पोनरसर समेत परिवर्तन भएको छ । यसअघि सुनमायालाई नर्थ फेस एसियाले प्रायोजन गरेको थियो भने हाल चीनको ठूलो स्पोर्ट्सवेयर ब्रान्ड कैलशा फुगोले प्रायोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*