आईपीएल क्रिकेटमा आज मुम्बई र हैदराबाद खेल्दै

जनपत्र
१४ चैत्र २०८०, बुधबार १०:५३

काठमाण्डौ –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।  सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले गुजरातलाई ६३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*