प्रदेश ३ मा ४ हजार जना डेंगुका विरामी

प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमानै डेंगु नियन्त्रणको लागि अभियान चलाइने ।
जनपत्र
२५ भाद्र २०७६, बुधबार १८:५०

हेटौंडा । प्रदेश नम्बर–३ भरीमा हाल सम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखा परेको छ । हाल सम्म प्रदेशका १३ वटा जिल्लामा हाल सम्म झण्डै चार हजार जनामा डेंगुका बिरामी फेला परेका हुन् । १३ जिल्ला मध्यमा सबै भन्दा वढी चितवनमा एक हजार ४ सय ६० जना बिरामी फेला परेका छन् ।

मकवानपुरमा ७ सय २८ जना, काठमाण्डौमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेश ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालले वताउनुभयो । अन्य जिल्लामा भने यी जिल्लाको तुलनामा थोरै मात्र बिरामी फेला परेका छन् ।

प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री दुलालले डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाईएको वताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकर सम्मेलनमा बोल्दै उहाँले प्रत्यक हप्ता डेंगु नियन्त्रणका लागि हरेक स्थानीय तहमा र जिल्लामा स्तरमा अभियान चलाईने वताउनुभयो ।

सबै जागौ, सबै लागौ वरीपरी जमेको पानी हटाई डेंगु भगाऔं डेंगु नियन्त्रण बिषयक पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यो अभियानमा सबै क्षेत्र एकै पटक जुट्नका लागि आग्रह समेत गर्नुभयो । प्रदेश तहका अस्पतालमा डेंगु परिक्षण गर्ने किटको अभाव नभएको मन्त्री दुलालले वताउनुभयो । यसैगरी प्रदेश तहका ६ वटा जिल्ला अस्पतालमा पनि डेंगुकय विरामीका लागि संघिय सरकयरकये सहयोगमा ३ सय वटा झुल वितरण गरिएको वताउनुभयो ।

प्रदेश ३ मा डेंगुको अवस्था र डेंगु नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले सुरु गरेको अभियानका बिषयमा गर्न लागिएको काम तल हेर्न सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*