फिल्म बलिदानको मुख्य नायकमा अनुबन्ध भए बिराजको छोरा समीर

जनपत्र
९ चैत्र २०८०, शुक्रबार १५:४३

निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्म बलिदानबाट समीर भट्टलाई नेपाली फिल्म क्षेत्रमा भित्र्याउने भएका छन्। अभिनेता बिराज भट्टका छोरा समीरलाई बलिदानको मुख्य पात्रमा चयन गरेको सेनले सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘बलिदान’ को युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डायलगको मिश्रण भएको कलाकार खोज्दा समीर भट्ट भेटेको उल्लेख गरेका छन्।

‘उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर एक्टिङ क्लास, मार्सल आर्ट, नृत्य तथा दृन्दका धेरै आर्टहरूको कार्यशालासँगै ठुलै तपस्या गरिरहेका रहेछन्। एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो सङ्घर्ष, मेहनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ’ उनले लेखेका छन्।

सेनले समीरको तस्विरसहितको पोस्टरसमेत सार्वजनिक गरेका छन्। पोस्टरका दृष्य अति हिंसात्मक देखिन्छ। भारतीय फिल्म एनिमलको सफलता पछि पछिल्लो समय नेपालमा पनि त्यस्तै दृश्य राख्नेक्रम शुरु भएको देखिन्छ। पोस्टरकै हदको हिंसा फिल्ममा समावेश गर्ने हो भने बलिदान सबैभन्दा बढि हिंसात्मक दृष्य राखिएको नेपाली फिल्म बन्न सक्छ।

बलिदानका लागि सेनले सौगात मल्ल र अर्पण थापालाई अनुबन्ध गरिसकेका छन्। भट्ट फिल्ममा मुख्य नायकको रूपमा अनुबन्ध भएका हुन्। फिल्म वैशाखको दोस्रो साताबाट छायाङ्कनमा जाने र आउँदो वर्षको दसैँमा रिलिज गर्ने निर्माण पक्षले सार्वजनिक गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*