नेपालले यूएईलाई हरायो

नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई १ सय ६० रनले हराएको हो । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय २५ रनमा समेटेको थियो ।
यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर रित गौतमर र पवन सरार्फ शून्य रनमा आउट भएका थिए । तर, कप्तान रोहितकुमार पौडेलले सार्वाधिक ६७ रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा रासिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गरे । रासिद खानले ४४ रन, ऐरीले ४१ रन जोडे । आसिफ शेखले ४५ रन जोडे । भीम सार्की १ रनमा आउट भए । सन्दीप जोरा ४८ र कुशल मल्ल २२ रन जोडेर आउट भए । यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।
युएईका लागि अरविन्दले सर्वाधिक २८ रन जोडे । नेपाली बलरसामु यूएईका खेलाडीले टिकेर खेल्न सकेनन् । नेपालका लागि सागर ढकालले ७ ओभरमा २ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै, पवन सरार्फ, सूर्य तामाङ र रासिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै, कमलसिंह ऐरीले १ विकेट लिए ।