अमेरिकामा विद्युतीय गाडी उत्पादन बढाउनकाे लागि कडा नियम घोषणा

जनपत्र
८ चैत्र २०८०, बिहीबार ११:०६

unn.prixa.net

राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गर्नुभएको छ । उहाँले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा नियम घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । यो नियममा २०३२ सम्ममा ५६ प्रतिशत अमेरिकी विद्युतीय गाडी बिक्री वितरण गरिसक्ने लक्ष्य समावेश गरिएको खबरमा उल्लेख छ ।

लक्ष्य भेट्न सफल भएमा अमेरिकाको विद्युतीय गाडी उद्योगको क्षेत्रमा अहिलेको स्तरबाट ठूलो वृद्धि हुनेछ । यसअघि गएको वर्षदेखि नै विद्युतीय कार उत्पादकहरुलाई छुटको व्यवस्था गरिएको थियो । बाइडेनको प्रशासन कार्यालयले ग्रहको तापक्रम बढाउने  ग्यास उत्पादनमा नाटकीय रूपमा कम गर्ने उद्देश्यले विद्युतीय गाडी उत्पादन तथा बिक्रीवितरणको लक्ष्य बढाइएको जनाएको छ ।

राष्ट्रपतिले घोषणा गर्नुभएको पछिल्लो नियमले आउँदो ३० वर्षमा ७ अर्ब टन कार्बन डाइअक्साइड उत्सर्जनलाई रोक्न मद्दत गर्ने वातावरणीय संरक्षण एजेन्सीले जनाएको छ । वातावरणीय क्षेत्रका समूहहरूले राष्ट्रपतिको यो कदमलाई उपायलाई स्वागत गरेका छन् । अमेरिकाले २०३५ देखि पेट्रोलबाट चल्ने सबै कारको बिक्रीमा प्रतिबन्ध लगाउने  तयारी गरिरहेको खबरमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*