पीएनजीसँगकाे फाइनलमा नेपाल टस जितेर बलिङ गर्दै

जनपत्र
३० फाल्गुन २०८०, बुधबार ११:५३

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएजनी) सँगकाे खेलमा नेपालले टस जितेकाे छ ।

हङकङकाे मिसन राेड ग्राउन्ड माेङ काेकमा टस जितेर नेपालका कप्तान राेहित पाैडेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियाे । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक/एक अङ्क बाँडिएको थियो ।

यसैबीच शृङ्खलाकाे तेस्राे स्थानका लागि भएकाे खेलमा हङकङले हङकङ ‘ए’ टोलीलाई ७० रनले हराएकाे छ । हङकङले दिएकाे २ सय ३६ रनकाे लक्ष्य पछ्याएकाे हङकङ ‘ए’ टाेलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्याे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*