प्रिमियर लिगमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेले

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् ।
गएराती भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका हुन् ।
क्रिष्टल प्यालेसका जोर्डन अयुले खेलको ६६ औँ मिनेटमा गरेको गोल एभर्टनका ओमाडउ ओनानाले ८४औँ मिनेटमा फर्काएपछि खेल बराबरीमा गएको हो ।
क्रिष्टल प्यालेस २५ खेलमा २५ अङ्कसहित तालिकाको १५औँ स्थानमा छ । एभर्टन २५ खेलमा २० अङ्ककासाथ १७औँ स्थानमा छ ।