लमी बन्न थाल्यो एआई, रुसी युवकले एआईबाटै फेला पारे आफ्नो जिवनसाथी

जनपत्र
२९ माघ २०८०, सोमबार ०६:५५

पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सर्वव्यापी बनिरहेको छ । हुँदाहुँदा एआईले युवा युवतीहरुलाई जिवनसाथी खोजिदिने काम पनि गर्न थालेको छ ।

एकजना २३ वर्षीय रुसी युवकले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा जिवनसाथी फेला पारेको दाबी गरेका छन् ।

पेशाले सफ्टवेयर डेभलपर रहेका अलेक्जेन्डर झाडाले अनलाइन डेटिंगमा सहयोग गर्ने एआईको प्रयोग गरेरै आफ्ना लागि बेहुली खोजेका हुन् ।

सोसल साइट टिन्डरमा रहेका ५ हजार भन्दा धेरै युवतीहरुको सूचिलाई फिल्टर गरेर आफ्ना लागि उपयुक्त र मनपर्ने युवती खोज्नका लागि उनले च्याट जिपिटी तथा अन्य एआई बोटहरुको प्रयोग गरे । अन्ततः एआईले करिना इमरानोभा जिवनसाथी बन्नका लागि उपयुक्त पात्र भएको भनेर उनलाई सिफारिस गर्यो

एनले आफ्नो सञ्चार शैलीको आधारमा टिन्डरमा उपलब्ध महिलाहरुसँग अन्तरक्रिया गरी आफ्ना लागि उपयुक्त महिला सिफारिस गर्नका लागि एआईलाई तालीम दिएका थिए ।

त्यसक्रममा एआई बोटले उनका लागि अमिल्दा महिलाहरुलाई हटाएन मात्र उपयुक्त पात्रसँग छोटोमिठो गफ गर्ने, डेटिंगका लागि समयतालिका बनाउने र विवाहको प्रस्ताव तयारीका लागि समेत सहयोग प्रदान गर्यो ।

अलेक्जेन्डरले को महिलासँग कुराकानी जारी राख्ने भन्ने निर्णय गर्नका लागि केही फिल्टरहरुको प्रयोग गरेका थिए ।

त्यसकै आधारमा करिनासँग भौतिक रुपमै भेटघाट भएपछि उनले एआईलाई पुनः प्रशिक्षण दिए ताकि उसले ती दुईबीचको कुराकानीको विश्लेषण गरी अब अर्कोपटक कहाँ जाने र के कुरा गर्ने भन्ने सल्लाह देओस् ।

अन्ततः गतवर्ष डिसेम्बरमा च्याट जिपिटीले दुईबीच सन्तुलित तथा बलियो सम्बन्ध रहेको भन्दै करिनासँग बिहेको प्रस्ताव राख्नका लागि अलेक्जेन्डरलाई सुझाव दियो ।

अलेक्जेन्डरले सोही बमोजिम करिनासँग बिहेको प्रस्ताव गरे र उनले स्वीकार गरिन् । तर यति भैसक्दा पनि करिनालाई आफुहरुको प्रेम सम्बन्धमा एआईले खेलेको भूमिकाको बारेमा थाहा थिएन । उनीहरुले सम्बन्धित सरकारी कार्यालयमा बिहेदर्ताका लागि निवेदन पेश गरिसकेपछि मात्रै उनलाई सो कुरा थाहा भयो ।

अलेक्जेन्डरका अनुसार आफ्ना लागि सबैभन्दा उपयुक्त पार्टनरको खोजी गर्नका लागि एआईको सहयोगमा सफ्टवेयर प्रोग्रामिंग गर्न सकिन्छ तर यसका लागि सावधानीपूर्वक एकीकरण र कस्टमाइजेसन गर्नु आवश्यक हुन्छ । आफ्नो मायालु जिवनसाथीको खोजीमा एआईको प्रयोगलाई उनी आफ्नो व्यक्तिगत उपलब्धीको रुपमा लिन्छन् । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*