चुनावको मुखमा राहुलको मार्चले राजनीतिमा के अर्थ राख्छ ?

लोकसभा निर्वाचन आउन एक महिना बाँकी छँदा भारतीय कंग्रेसका वरिष्ठ नेता राहुल गान्धीले नयाँ यात्रा आरम्भ गरेका छन् ।
एक वर्षअघि भारत जोडो यात्रा गरेका राहुलले यसपटकको यात्रालाई भारत जोडो नयाँ यात्रा र न्यायका निम्ति मार्च भनेका छन् । नयाँ यात्राका क्रममा ६ हजार ७ सय किलोमिटर क्षेत्रमा पुग्नेछन् ।
बस र पैदल गरी पूर्व पश्चिम यात्राको यस दौरानमा राहुलले १५ राज्यका ११० जिल्ला र त्यहाँका १०० वटा निर्वाचन क्षेत्र पुग्ने बताएका छन् । यस यात्राका लागि उनलाई ६६ दिन लाग्नेछ ।
यसपटकको यात्रा उनले जातीय हिंसाबाट आक्रान्त मणिपुरको इम्फाल सहरबाट सुरु गरेका छन् । विगत आठ महिनादेखि हिंसाले आक्रान्त मणिपुरमा राहुलले सम्बोधन गरेका थिए ।






