पाकिस्तानमा १२४ वर्षदेखि बाँधिएको एउटा रुख

जनपत्र
२१ पुष २०८०, शनिबार ०६:३९

पाकिस्तानको पेशावरमा एउटा यस्तो रुख छ, जुन रुख सवा एक शताब्दीदेखि नेलमा बाँधिएर बसेको छ । रुख पक्राउ परेको छ भन्दा ठिक होला कि । सो रुखलाई एक बेलायती अफिसरले सन् १८९९ मा सजाय स्वरुप बाँधेका हुन् ।

जेम्स स्कुईड नाम गरेका ती बेलायत अधिकारी रक्सीको नसामा चुर थिए । तोरखान सीमानजिकको लंडी कोटर नाम गरेको सो शहरमा स्कुईडले इतिहासकै अनौठो पक्राउको आदेश दिए । आफू जति–जति नजिक आयो उति उति रुख टाढा भागेको भन्दै रुखसँग झोक फेर्न ती अधिकारीले रुखलाई फलामको मोटा मोटा सिक्रीमा बाँध्न आदेश दिए । त्यसयता रुख जन्जिरमा छ ।
रुखमा ठोकिएको काठको चेप्टो टुक्रामा यो घटनासम्बन्धी रोचक कथा पनि लेखिएको छ । ‘म पक्राउ परेको छु ।’ काठको टुक्रामा भनिएको छ । यस रुखलाई पयर्टकहरु पनि हेर्न आउँछन् । यो देखेर उनीहरुलाई हाँसो उठ्न सक्छ । तर स्थानीय बासिन्दाका लागि भने रुख स्थानीयमाथि बेलायती शासकहरुले गरेको दमन अनि अत्याचारको प्रतीक हो । धेरैले यसलाई नाङ्गलो ठोकेर हात्ती तर्साउने तरिकाको रुपमा हेरेका छन् । यसको अर्थ स्थानीयहरुले ब्रिटिस राज विरुद्ध केही गर्न खोजे भने रुखलाई जस्तै गरी उनीहरुलाई पनि दण्डित गर्नेछ भन्ने रहेको एक स्थानीयले बताए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*