घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

जनपत्र
२१ पुष २०८०, शनिबार ०६:३६

प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई दिने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको बैठकले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार घिमिरे र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सात दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल ज्येष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक  पत्रिकाको सम्पादक  र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए । रचना अहिलेसम्म पनि निरन्तर प्रकाशित भइरहेको छ ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानले पाँच दशक साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि आबद्ध रहेकी छन् । दुवै पुरस्कारको राशि जनही रु ५०,००० (पचास हजार) रुपैयाँ रहेको छ । पुरस्कार २०८० साल पुस २९ गते आइतबार प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*