विश्व कीर्तिमानी गीतकार उपाध्यायका ८ अनौठा सिर्जना सार्वजनिक

जनपत्र
१९ पुष २०८०, बिहीबार ०७:४५

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले ८ अनौठा सिर्जना सार्वजनिक गरेका छन् । ​

कीर्तिमानी डा. उपाध्यायले शुक्रवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गरेका हुन् ।

गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएका सिर्जनामा २४/३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डीआर म्युजिक एण्ड क्रियशनको १२/८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् ।

यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा हावाले बज्ने वाद्ययन्त्रहरूको गीति कविता र विश्वका प्रसिद्ध एनिमेटेड फिल्मको नाम लेखिएको गीति कविता रहेका छन् । आफ्नो केही अनौठा काम गर्ने सिलसिलामा यी सिर्जनाको जन्म भएको डा. उपाध्यायले बताए ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*