गाडी उत्पादन गर्ने कारखानामा कार्यरत इन्जिनियरमाथि रोबोटको आक्रमण

जनपत्र
१४ पुष २०८०, शनिबार ०६:४८

अमेरिकाको टेक्सासमा एलन मस्कको कार कम्पनी ‘टेस्ला’को कारखाना छ । उक्त कारखानामा कार्यरत एक इन्जिनियरलाई सोही कारखानामा तैनाथ गरिएको एउटा रोबोटले हमला गरेको खबर प्रकाशमा आएको छ ।

सन् २०२१ मा भएको उक्त घटना हालै नियामक निकायमा गरिएको उजुरीपछि प्रकाशमा आएको हो । सन् २०२१ र २०२२ मा टेक्सास कारखानामा रोबोटसँग जोडिएको कुनै पनि त्यस प्रकारको घटना टेस्लाका तर्फबाट नियामक निकायलाई जानकारी गराइएको थिएन ।

समाचार एजेन्सीहरुका अनुसार पीडित इन्जिनियर अन्य दुई रोबोटको प्रोग्रामिङमा व्यस्त रहेको समयमा एउटा रोबोटले उनीमाथि हमला गरेको थियो । उक्त रोबोटलाई आल्मुनियम कारको हिस्सालाई समात्न डिजाइन गरिएको बताइन्छ ।

रोबोटको धातुको पञ्जाले ती कर्मचारीको ढाड र हातमा नराम्ररी घोचिएको थियो र रक्ताम्य बनाएको थियो । अन्य कर्मचारीहरुले आपतकालीन बटन थिचेर रोबोटलाई बन्द गरेको बताइएको छ ।

टेक्सासस्थित कारखानामा श्रमिकहरुको प्रतिनिधित्व गर्ने एक वकिलका अनुसार काम गरिरहेको समयमा हुने त्यस्ता दुर्घटना र क्षतिका घटना थोरैमात्र बाहिर आउने गरेको तथ्य श्रमिकहरुसँगको कुराकानीका क्रममा पत्ता लागेको हो । ती वकिलका अनुसार २८ सेप्टेम्बर २०२१ मा एक निर्माण श्रमिकको मृत्युसमेत यसमा सामेल छ । मृत्यु भएका श्रमिकको नाम एन्टेल्मो रामिरेज हो भने उनीको मृत्यु ‘हिट स्ट्रोक’ का कारण भएको उनको दाबी छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*