साग महिला फुटबलको लागि दोस्रो चरणमा ३२ खेलाडी छनोट

जनपत्र
१६ भाद्र २०७६, सोमबार ०६:०९

आगामी मंसिरमा नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको दोश्रो चरणको छनोट गरिएको छ। प्रारम्भिक चरणमा यु–१९ टिमका ८ जना खेलाडीसहित बोलाइएका ४२ मध्येबाट ३२ जना छनोट गरिएको हो।
३२ सदस्यीय टोलीमा सबैभन्दा बढी एपिएफका खेलाडी समावेश भएका छन्। एपिएफबाट बोलाइएका १२ जना खेलाडी नै परेका छन्। त्यसैगरी आर्मीकी सुनिता चौधरीबाहेक अन्य ११ जनाले स्थान बनाए। रौतहटबाट सहभागी ८ मध्ये ४ जनाले दोश्रो चरणमा स्थान बनाए। त्यसैगरी, पुलिसको ७ जना मध्ये ४ जना छनौट भए। काठमाडौंबाट सहभागी प्रिति राईले सिनियर टोलीको ३२ मा स्थान बनाइन्। दोस्रो चरणमा छनोट हुने खेलाडीबाट नै किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपका लागि २३ सदस्यीय टोली छनोट गरिनेछ। विगत २ महिनादेखि हरि खड्काको प्रशिक्षणमा रहेको टोलीबाट नेपालमा डिसेम्बर १ देखि १० सम्म हुने सागका लागि खेलाडी छनोट गरिनेछ। किर्गिस्तानमा आगामी भाद्र २२ गतेबाट २६ गतेसम्म नादेझ्दा कप हुनेछ।
३२ सदस्यीय टोली गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, रविता राई डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्घामगर, विमला बिक, पुजा राना, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैशी र कविता धिमाल मिडफिल्डर : मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटे, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, शर्मिला थापा, सबिता रानामगर, प्रिती राई र सरु लिम्बु फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री, रश्मीकुमारी घिसिङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*