शिशुबारे अनौठा तथ्य
१. भर्खर जन्मिएका बच्चाहरुको घुँडाको ढकनी हुँदैंन, एउटा कुरकुरे हड्डीले त्यसको काम गरेको हुन्छ । ६ महिना नहुँदासम्म नवजात शिशुहरुको घुँडाको ढकनी विकास भएको हुँदैंन ।
२. मे महिनामा जन्मिएका बच्चाहरु अरु महिनामा जन्मिएका भन्दा २ सय ग्राम बढी तौलका हुन्छन् ।
३. शिशु जन्मनेबित्तिकै रुन सक्दैनन् र तीन साताको नहुदासम्म आँशु पनि आउदैन ।
४. जन्मनेबित्तिकै शिशुहरुको हड्डी ३ सय वटा हुन्छ, जबकि बयस्कको २०६ वटा हुन्छ, उमेर बढेसंगै ती हड्डी एकापसमा समायोजित हुन्छन् ।
५. ८० प्रतिशत बच्चाहरु जन्मदै कुनै न कुनै विशेष चिन्ह लिएर जन्मिएका हुन्छन् ।
६. वयस्क मानिसले जति सुन्छन्, भर्खर जन्मिएका शिशुले त्यति नै सुन्छन्, त्यस्तै, आँखा देख्ने क्षमता पनि उत्तिनै हुन्छ । तर, देखेका कुरा विश्लेषण गर्न सक्ने गरी दिमागी विकास भने भइसकेको हुँदैंन ।
७. जन्मिएको केही सातामै बच्चाले आफ्नो आमा र अन्य मानिसबीचको फरक छुट्याउन सक्छ । तर, जन्मिनेबित्तिकै आमामो आवाज र गन्ध पहिचान गर्न सक्छ ।
८. एक महिनापछि नै शिशुहरु हाँस्न थाल्छन् ।
९. अहिलेसम्म सबैभन्दा बढी तौल भएको शिशुको रेकर्ड इटालीका बच्चाको छ । सन् १९५५ मा जन्मिएका ती बच्चाको तौल २२ पाउण्ड ८ औन्स थियो ।
१०. ६ महिनामै बच्चाको तौल दोब्बर हुन्छ, अरु कुनै पनि उमेरमा यसरी दोब्बर तौल बढ्दैन ।
११. बच्चाहरु शारीरिक रुपमा जसरी सन्चार गर्छन् (बाईबाई गर्ने, थपडी बजाउने, देखाउने जस्ता), पछि गएर उसैगरी बोल्ने हुन्छन् ।
१२. बच्चाहरु दाहिने हाते हुन् कि देब्रे हाते हुन् भन्ने कुराको संकेत सानैमा देखिन्छ, जुम्ल्याहा छन् भने त २२ प्रतिशत बच्चाहरु देब्रे हाते हुने सम्भावना बढी हुन्छ ।
१३. एक वर्षको हुँदा बच्चाको तौल तेब्बर हुन्छ ।
१४. एक वर्षको हुँदा बच्चाको खुट्टा वयस्कको भन्दा आधाले सानो हुन्छ ।
१५. बच्चाको आँखाबाहेक शरीरका अन्य अंग बढ्छन् ।
१६. बच्चाले गर्भमै रहँदा औलों चुस्ने गर्छन् ।
१७. अफ्रिकाका आदिवासीहरुले ‘याम’ नामक खाद्यपदार्थ (सखरखण्डजस्तै) खान्छन् । त्त्यसैले त्यहाँ जुम्ल्याहा बच्चा बढी जन्मने विश्वास छ ।







