मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

जनपत्र
१४ भाद्र २०७६, शनिबार ०६:२९

तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।

तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन् । मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडिले सहभागिता जनाएका थिए । प्रतियोगिता यहि अगस्ट २६ देखि ३० सम्म कोरियामा भएको थियो ।

दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप “अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट” सुनारले स्वर्ण पदक जितेकी हुन् । कोरियाली सरकारको स्वीकृतीमा अन्तर्राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*