अस्ट्रेलियासँगको टी–२० शृङ्खलाका लागि सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोली घोषणा

जनपत्र
५ मंसिर २०८०, मंगलवार १५:०९

unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको छ । पाँच खेलको शृङ्खलाका लागि अनुभवी खेलाडीलाई आराम दिइएको छ ।

भारतको विश्वकप टिममा रहेका सूर्यकुमार यादव र इशान किशनले मात्र टी–२० खेल्नेछन् । भारतीय टिममा सूर्यकुमार यादव, ऋतुराज गायकवाड, इशान किशान, यशस्वी जैसवाल, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, वाशिङ्टन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नाेई, अर्शदीप सिंह, प्रसिध कृष्णा, आवेश खान, मुकेश कुमार र श्रेयस अय्यर रहेका छन् ।

पहिलो खेल पर्सि २३ तारिखमा, दोस्रो खेल २६ तारिखमा, तेस्रो खेल २८ तारिखमा, चौथो खेल डिसेम्बर १ मा र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ । गएको आइतवार भएको एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले भारतलाई हराएर उपाधि जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*