नेदरल्यान्ड्स युरोकपमा छनोट

जनपत्र
३ मंसिर २०८०, आईतवार १०:४४

unn.prixa.net

काठमाण्डाै – नेदरल्यान्ड्स युरोकप २०२४ का लागि छनाेट भएको छ । गएराति भएको खेलमा आयरल्यान्डलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरे । यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।

यसैबीच युरो कप छनोटअन्तर्गत फ्रान्सले एकै खेलमा १४ गोल गरेको छ ।

गएराति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो । केलियन एमबाप्पेले ३ र ओलिभर गिरोड र किङ्सली कोम्यानले समान २ गोल गरे । जिब्राल्टरका इथान सान्तोसले तेस्रो मिनेटमा आत्मघाती गोल गरे भने १८ औँ मिनेटमा रातो कार्ड पाएर बाहिरिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*