बंगलादेशबिरुद्ध नेपालको फराकिलो जित

पालले पाचौं साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोलले हरायो । नेपालको जितमा क्रिशन अधिकारीले दुई गोल गरे । सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरेका थिए । बंगलादेशका मियाँले एक गोल फर्काएका थिए । च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । जितसँगै दुई खेलबाट ६ अंक बनाएको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल पहिलो खेलमा आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले श्रीलंकालाई २–० गोलले हराएको थियो ।
च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानगरी पाँच टोली सहभागी छन् । नेपालले बिहिबार भुटानसँग लिगचरणको अन्तिम खेल खेल्नेछ । लिगचरण पछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।